एउटा साधारण क्याफे । ऊ बसेको छ । म असजिलो सँग उभिएको छु छेउमा ।सँगै बस्न किन किन मनले मानेको छैन । चियाको चुस्की लिँदै उसले भन्यो ,दुईचार महिना हो गाह्रो हुने त्यसपछि तिम्रो जिवनमा पनि कोही अाउँछ अनि तिमीले बिस्तारै बिर्सने छौ ।"
यो ऊ बोलेको थिएन । भर्खरै भर्भराउँदै गरेको उसको नयाँ सम्बन्ध बोल्दै थियोे ।
चियाको कप र प्लेटको टकरावले फेरि झस्किएँ म । ऊ भनिरहेको थियोे " जिन्दगी छोटो छ ,दुखी भएर बाँच्न हुन्न तिमीले यो सब सहज स्विकार्नु पर्छ ।"
छेउको अर्को टेबलमा एक जोडी स्कुले बालबालिका अाए । दुवैको रंग कालो थियो ।पुक्क परेका गालाहरुमा खोपिल्टा पारेर हाँस्दै थिई सानी केटी । यत्तिकैमा यी दुई कसको अायु लामो छ भनेर विवाद गर्न लागे , सानी केटीले हात उचालि र फुच्चे केटाले पनि हात उचालेर अाफ्ना दुई हत्केला फुच्चीका हत्केलामा टाँस्यो । केटोका हत्केलामा केटिको हात विलायो र सानी केटी आँखाभरि आँसु पारेर कोल्टे फेरि । फुच्चे केटाले सोध्यो "किन रोयौ ? "
सानी केटीले आँसु पुछ्दै भनी "म मरेपछि तिमी अर्को बिहे गर है " !
मलाई बालख प्रेमले फेरि टुक्राइदियो । उनीहरु मृत्युपछिको वियोगान्त कल्पना गरेर रोए ऊ जिउँदैमा मारेर खुसी खोज् भनिरहेको छ । प्रेम भन्नू पनि त केही रहेनछ ।


No comments:
Post a Comment