Friday, July 30, 2021

दुरी

 

टाढा छु 

तर  नजिक छु 

घामभन्दा पनि नजिक 

जून भन्दा पनि नजिक

सुनिरहेछु 

तिम्रो मुटुको धक्धक

देखिरहेछु आँखाको न्यास्रो

र महसुस गरिरहेछु यारा

तिम्रो आलिंगनको न्यानो !! 


तिम्रा सुस्केराहरुमा 

थकानहरुमा गलिरहेछु तिमी जस्तै 

तिमी मुस्कुराउँदा मात्रै हाँस्छ हिमाल

तिमीसँगै झरिरहेछ आकाश

भिजाएर छातिको देब्रे पाखो 

जति उर्बर होस् जमिन

तिम्रो वर्षा बिना 

मेरो प्रेमको पाटो बाँझै रहन्छ यारा !!

✍️अनामिका सजल

Sunday, July 4, 2021

प्रेम या ईष्र्या


 तिमी उसको सर्टको कलरमा 

मेरो लिपिस्टकको दाग खोजिरह्यौ 

उसको अंगालोमा मेरो पर्फ्युमको सुगन्ध खोजिरह्यौ 

अनि खोजिरह्यौ 

मोबाइल र ल्यापटपमा 

मसँगका कल हिस्ट्री र च्याटका स्क्रिन सर्टहरु

विडम्बना 

खोजिनौ र भेटिनौ कहिल्यै 

मेरो आँसुले भिजेको उसको छाति 

मेरो क्रन्दनले उफ्रिएको उसको मुटु

मेरा आँखामा हेर्न नसकेर झुकेको उसको नजर

मेरो आँसु पुछेर भिजेका उसका अौंला


शंकाको कठघरामा उभ्याएर 

मसँग छुटिसकेको उसलाई 

मेरै नाममा कसम खुवाएर 

तिमी उसलाई प्रेम गर्छ्यौ 

या मेरो प्रेमको ईष्र्या ??


Thursday, May 13, 2021

डायरी : पर्दा भित्र


    तिमी
बिरामी भएको थाहा पाएपछिबिर्सिएँ तिमीले मेरो पवित्रतामाथि लात हानेर जिन्दगीको मझधारमा छोडि गएको बिर्सिएँ ,तिमी अरु कसैको सिन्दुर हौ भन्ने मलाई तिमीसँग भेट्ने ,तिमीलाई छुने हक छैन भन्ने पनि कोरोना कहरले जनजीवन जटिल बनिरहेको मानिसहरु श्वाससँग लडाइँ गरिरहेछन् तिम्रा रसिला आँखा कलेटी परेका काला ओठहरुले मलाई स्तब्ध तुल्यायो पहिलो भेटमा जुधेका ती नशा भरिएको नजर कता , मुस्कान पोतिएको गुलाबीओठ कता …… हेर्दाहेर्दै कति कतिखेर आँखाहरु साउन भइसकेछन् ,थाहै पाइन खै कस्तो सम्मोहन हो , यो मनले जिद्दी गर्यो ,यति जिद्दी तिमीलाई पहिलो पटक भेट्नका लागि पनि गरेको थिएन अन्तिम भनेर पनि हामीले कयौं भेटहरु गर्यौँ हामी चाहेर छुटेका थिएनौ , छुटाइयो ,नियतिले छुटायो समय विपरीत ध्रुवमा उभ्भिदिएपछि हाम्रो केही लागेन दुश्मनी भएर छुट्टिएको भए , मनमुटाव भएर ,अघाएर ,पुगेर छुट्टिएको भए तिम्रो हालतसँग दुख्ने थिइनँ तिमी मेरो अनुपस्थितिमा एक्लो अनुभूति गर्ने थिएनौ ।

 

खै कसरी पुगेँ तिम्रो डेरा पुग्ने गल्लि सम्म गल्लीहरुमा पनि हतारिँदै दौडिरहेँ बेप्रवाह……… मैले कसैलाई देखिनँ ,मलाई कसले देखे ,के के भने त्यो पनि सम्झना छैन तिमीलाई देख्ने युद्धमा निस्किएको थिएँ किनकि मैले बिना लडाइँ तिमीलाई भेट्न पाउने कुनै सम्भावना थिएन भ्रममा थिएँ भ्रममै दौडिएँ वरै बाट झ्यालमा हेरेँ ,त्यहाँ हरियो पर्दा थिएन त्यो झ्याल झ्यालको पर्दासँग पनि मेरो सम्बन्ध थियो ।गाढा …… तिमीसँग जस्तै ……… जब झ्याल उघारेर पर्दा सार्थेँ ,तिमी पछाडिबाट आएर अंगालो हाल्थ्यौ फेरि पर्दा सहित झ्याल नै थुनिदिन्थ्यौ मलाई तिमीले यसरी नै थुनि राखेको मन पर्थ्यो जिन्दगीभर पर्दा उघारिरहने तिमीले लगाइरहने सिलसिला चलिरहेको अझै पनि सम्बन्धका पर्दा , विगतकापर्दा अनि वास्तविकताका पर्दा कति फरक त्यो झ्यालको पर्दा जिन्दगीको पर्दा तानातान गर्नुमा ।

 

एउटा मुटुमा दुई जना राखेर मुटुसँग खेलबाड गर्न सक्ने तिमीले एउटै कोठामा ,एउटै ओछ्यानमा दुई सुहाग मनाउनु कति नै ठुलो कुरा भयो ? मलाई लाग्थ्यो ,सायद उसलाई मेरो सम्झना प्रिय होला त्यहि कोठामा भित्र्यायो नव दुलही त्यो किचनमाथिको बल्वमा मेरो छायाँ देख्यौ कि देखेनौ ? कोमलताहरुमा रगडिदै गर्दा मेरा स्मृतिहरु चिच्याएर तिम्रो कामुकता स्खलित भयो कि भएन हँ ? मनमा यस्ता अनेकौं प्रश्नहरु आए गए पनि त्यसै गरि लोग्नेमान्छे जति सबैलाई एउटै तुलामा जोखे पनि कोही घटिबढि हुन्नन् होला धेरै पुरुषको संगतले होइन ,धेरै नारीको पिडाले यहि मानसिकता बनाइदियो नदुख्ने कोही छैनन् ,नरुने कोही छैनन् अरु अरु    तँलाई माया गर्दैन उसले  , तँ उसको जिन्दगी बाट टाढा जा भन्ने तिम्रै परान प्यारीले पनि रुनु परेको , रुनु पर्छ नै , जो नारीको संवेदनामाथि आफ्नो अहम पूरा गर्न हाम फालेर आएकी मेरो सात वर्षको प्रेम, समर्पण ,त्याग तपस्या एउटा हावाको सानो झोक्काले उडाएर कहाँ कहाँ पुर्यायो भने तिम्रो जिवनमा पनि आउँछ आँधी हुरि तुफान तिमीले पनि महसुस गरेको हेर्न मन   

 

मन हो बहकिँदै बहकिँदै कता कता पुग्यो फेरि मैले तिम्रा सबै गल्तीहरु माफ गरिसकेको छु मलाई तिमीसँग गुनासो बाँकी ठुलो अपेक्षा नै तर जुन माया थियो ,श्रद्धा, प्रेम थियो त्यो अझै पनि आँसुले पखालियो धोकाले झ्यालको हरियो पर्दा नदेखे पछि पनि तिमी त्यहाँ छैनौ भनेर विश्वास लागेन सोचेँ ,मेरा यादहरुसँग भाग्न नयाँ पर्दा लगायौ जब गेटमै घरबेटी दिदीसँग भेट भयो , तिमीले मसँगै यो कोठा पनि छोडिसकेको रहेछौ तिमीलाई खोज्दै तिमीसम्म आइपुग्न सक्थेँ तर किन किन तिम्रो स्वप्निल जिन्दगीमा मेरो उपस्थिति असामान्य हुन्छ जस्तो लाग्यो तिम्रो खुसीको लागि टाढा भएकी , आफ्नो खुसीको लागि कसरी नजिक हुन सक्थेँ ? आफ्नोे खुसीको लागि पूरा गरेको स्वार्थले एकदिन पोल्छ दोस्रोको खुसीका लागि गरेको बलिदानले दिने परमानन्द जोकोहीको भागमा कहाँ लेखेको हुन्छ

 

तिम्रो सु स्वास्थ्यको कामना सिवाय केही गर्न सकिनँ गरुँगो पाइला लिएर उकालो लागेँ जहाँ तिमीले भेट्दै पिच्छे पिपलको फेदमा उभिएर टीका लगाइदिन्थ्यौ फोटो खिचिदिन्थ्यौ आज  टीका लगाइदिने तिमी छैनौ , फोटो खिचिदिने तिमी छैनौ तर तिम्रा यादहरु प्रशस्तै छन्

  कलियुगकी राधा हुँ  किन्तु परन्तु द्वापर युगमै इति:  भइसकेको  कृष्णको निश्चल प्रेम भेटिनँ अपितु  दुसाशनका बिजहरु यत्रतत्र  सल्बलाइरहेछन्  क...